काठमाडौं, ३ असार । के तपाईहरुले आकासे पानी संकलन गरेर पानीको गर्जो टार्दै आउनु भएको छ ? त्यसो हो भने सावधान अब त्यस्तो कहिल्यै नगर्नुहोला ? कारण पछिल्लो केही दिन यता परेको हिले पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीको साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ ।
शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको हिलोसहितको पानी भने निकै दूषित छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे दूषित वर्षा भइरहेकाले केही दिन आकासे पानी प्रयोग नगर्न सुझाव दिन्छन् । ‘वायुमण्डलमा धूलो सघन रहँदा यस्तो वर्षामा विभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु छन् ।’ डा. पाण्डेले भने, ‘जसले झाडावान्ता, टाईफाईड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने खतरा छ ।’
विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुने बताएको छ । विज्ञहरुले पानीमा नभिज्न र काठमाडौंको धुलोबाट समेत सचेत रहन सुझाएका छन् । काठमाडौंको वायुमण्डलमा प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ ।
मौसमविद सुभास रिमालका अनुसार भारतका विभिन्न स्थानमा केहि दिनयता आएको हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो र त्यो बालुवा उच्च वायु हुँदै नेपालको आकाशसम्म फैलियो । पानी परेपछि धूलो पनि मिसियो, जसले गर्दा पानी धमिलो भयो ।
यस्तो धमिलो वर्षा अझै केही दिन जारी रहने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




