मस्को (एजेन्सी) – रसियामा जारी फिफा विश्वकप फुटबलको समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरी खेलेका छन् ।
मस्कोमा भएको खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो र दुवै टिमले १–१ अंक बाँडे । बराबरीपछि फ्रान्स समूह विजेता र डेनमार्क समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

यही समूहको अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो नतिजाँंगै ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ । पेरुले ३ अंक आफ्नो खातामा जोड्यो भने अष्ट्रेलियाले १ अंक मात्र जोड्न सफल रह्यो । अब फ्रान्सले समूह ‘डी’को उपविजेता र डेनमार्कले समूह ‘सी’को विजेताको सामना गर्ने छन् । समूह ‘डी’ का अन्तिम खेलहरु आज ११.४५ बजे खेलिंदैछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार