पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।
मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा तथा भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आएका छन् । कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया विधवा आमामात्रै रहँदै आएको थियो ।
मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग १ ख ३०७३ नम्बरको बसले बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चारजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये दुईजना पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरु पनि मृतकका आफन्त नै हुन् ।
कुश्माबाट काठमाडौँ जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए । काठमाडौँको निजी पब्लिकेशनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् ।
यसैगरी, दुर्घटनामा मृत्यु हुने अन्य दुईजना तनहुँकै आँबुखैरेनी–४ का २६ वर्षीय डिलबहादुर थापा र २८ वर्षीय नुनबहादुर खवास रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




