भक्तपुर, २९ असार । भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धन–जनको क्षति पु¥याएको छ ।
एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वस्तीहरु जलमग्न हुँदा खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग भएको छ । यो २५ वर्षयताकै ठूलो बाढी हो । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको मध्यपुर ठिमी नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई कोट गर्दै नयाँ पत्रिकाले खबर लेखेको छ ।
पछिल्लो समय राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास भएको छ । यही कारण हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा विनाश भएको छ । खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि भक्तपुरको हनुमन्ते खोलामा भएको जानकारहरु बताउँछन् ।

खोलाको घर साँघु¥याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको प्रशासकीय अधिकृत ज्ञवाली बताउँछन् । हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोलाई लो–ल्यान्डका रुपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार