संखुवासभा, २९ असार । ऐंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालोले टिपेर खाएमात्र यसको खपत हुन्छ नत्र झरेर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँसेलु बिक्री गरेर उनीहरुले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँसेलु प्रयोग हुन्छ ।

लालीगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । त्यसका क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटेलगायतका बासिन्दाले ऐँसेलु बिक्री गरेर ५० लाखभन्दा बढी भित्र्याएको बताउँछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार