विराटनगर, ६ साउन । विराटनगरमा घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पु‍¥याउने काम सुरु भएको छ ।

विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पु‍¥याउन थालिएको आजको गोरखापत्र दैनिकमा समचार छ ।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको हो । यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार