धादिङ, ६ साउन । भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।

जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् ।

तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका आजको कान्तिपुर दैनिकमा समाचार छ ।

‘थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छ’, जिल्ला प्रहरीका एक अधिकृतले भने ।

जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार