सप्तरी, ७ साउन । सप्तरीमा एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको तथ्य खुलेको छ ।
सप्तरीको कंचनरुप नगरपालिकाका स्थानीय २० बर्षीय संजय सरदारले एक किशोरीलाई बिहे गर्ने बहानामा अस्पताल लगेर गर्भपतन गराएको तथ्य खुलेको हो ।
सप्तरीको कंचनरुप नगरपालिकाकी पीडित किशोरी १७ वर्षकी छिन् । गर्भपतनपछि रत्तश्राव नरोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
२० बर्षीय संजय सरदार र किशोरी प्रेम सम्बन्धमा थिए । उनीहरुबीच पटकपटक शारिरीक सम्बन्ध भयो । त्यसक्रममा गर्भ रहृयो । किशोरी पाँच महिनाकी गर्भवती भएपछि काठमाडौं गएर विवाह गर्ने नाममा सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ ।
‘विवाहको आश्वासन देखाएर पटक(पटक यौन सम्पर्क गरेपछि गर्भवती भएँ’ पीडित किशोरीले भनिन्, ‘पछिल्लो पटक गत बिहीबार विवाह गर्न काठमाडौं जाउँ भनेपछि खुशी खुशी जान तयार भएँ । तर, अस्पताल लगेर गर्भपतन गरायो ।’
आफूले नमान्दा संजयले बलजफ्ती गरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि सघाएको पीडित किशोरीले बताएकी छन् ।
गर्भपतन गरेपछि संजयले किशोरीलाई राजविराजस्थित कोठामा ल्याएर राखे । यता छोरी हराएको थाहा पाएपछि परिवारले खोजी थाल्यो र त्यही टोलका संजयले राजविराजस्थित कोठामा भेटिइन् ।
यसपछि संजयले आफ्नो घर लिएर गए । हल्ला गाउँभरी फैलियो । गाउँमा पञ्चायत बस्यो, जसले संजय र उनको परिवारले किशोरीलाई स्वीकार गर्ने सहमति भयो । तर, संजयकी आमाले नमानेको स्थानीयहरुले बताएका छन् ।
‘अहिले संजयकी आमाले आफ्नो श्रीमान् विदेशबाट आएपछि मात्रै केहि फैसला लिने बताइरहेकी छन्’ स्थानीय हरि यादवले भने, ‘एउटा अवोध बालिकालाई विवाहको प्रलोभन देखाएर जीवनसँग खेलबाड गरिएको छ ।’ संजय राजविराजमा बसेर ल्याब टेक्निसियन पढिरहेका छन् ।
पीडित परिवार भने किशोरीमाथि अन्याय भएको भन्दै राजविराज आएका छन् । उनीहरु उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपी भावेश रिमालले किशोरीलाई न्याय दिलाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




