फाल्गुन २, २०७३

सरकारले एआईजी डा. दिनेशचन्द्र पोखरेललाई नेपाल प्रहरीको निमित्त महानिरिक्षकको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली संशोधन गरी प्राविधिक तर्फका एआईजी पोखरेललाई निमित्त महानिरिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । डा. पोखरेल नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर हुनुहुन्छ । मन्त्रिपरिषद्को हिजोको बैठकले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपनि सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि सरकारले पोखरेललाई निमित्तको जिम्मेवारी दिएको हो ।

हाल रहेको चार डिआईजीहरु विवादमा परेकाले प्राविधिक तर्फबाट एक पटकलाई कार्यबाहक दिन मिल्ने गरी नियमावली संशोधन गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो । महानिरिक्षक उपेन्द्रकान्त अर्यालले उमेरहदका कारण आजबाट अनिवार्य अवकाश पाउनुभएको छ । प्रहरी प्रधान कार्यालयले साँझ एक कार्यक्रम गरी अर्यालको बिदाई गरेको छ । तीन वर्ष तीन महिना प्रहरी प्रमुखको रुपमा नेतृत्व सम्हालेका अर्यालले आज उमेरका कारण अनिवार्य अवकाश पाउनुभएको हो ।

अर्यालसँगै नेपाल प्रहरीका ९ जना एआईजीले आजै अवकाश पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार