बाग्लुङ, २८ साउन । सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार–चार घण्टामा आउनु भनेर फर्काए ।
दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो । स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन् । बाहिरै बस्न लगाए । साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन् । त्यसपछि बल्ल भित्र पठाइयो ।
राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । प्रसव पीडा सहनै नसक्ने भएपछि राति २ बजे पोखरा जानु भनेर स्वास्थ्यकर्मीले रेफर कागज बनाइदिए ।
अस्पतालमा एउटा पनि एम्बुलेन्स थिएन । आफन्तले ट्याक्सी खोजेर पोखरा कुदाए। अविरल वर्षाले पर्वत र कास्की सीमा नजिकै पुग्दा ठूलो पहिरो खसेर बाटो अवरुद्ध थियो । जीसी छटपटाएर साह्रै भएपछि आफन्तले एम्बुलेन्सबाट उतारेर नजिकैको एक घरमा राखे ।
पर्वतको भ्याप्ले खोलामा अलपत्र पर्दा जीसीकी दिदी पम्फा खड्काले जिल्लाका सांसदसहित धेरै जनालाई फोन गरेर सहयोग माग्दै हेलिकप्टर पठाइदिन गुहार मागिन् । मौसमको समस्या र रातको समय भएकाले त्यो पनि सम्भव भएन ।
बिरामीको छटपटाहट कम नभएपछि राति नै फर्काएर पर्वत जिल्ला अस्पताल पु¥याइयो । अस्पतालकी प्रमुख डा. हेमा छन्त्यालले राति उठेर अपरेसन गर्ने तयारी गरिन् ।
प्राविधिक कारणले अपरेसन हुन सकेन । अस्पतालमा बिरामीलाई चाहिने औषधि अभाव थियो । त्यसपछि डा. छन्त्यालले बिहान ४ बजे म्याग्दी जिल्ला अस्पतालका प्रमुख डा.रोशन न्यौपानेलाई फोन गरिन् ।
सबै सामग्री तयार राख्न भनेपछि बिरामीलाई लिएर आफैं बेनी अस्पताल पुगिन्। बेनी पुगेको २० मिनेटमै अपरेसन सफल भयो । डा. छन्त्याल र न्यौपानेले जीसी र बच्चाको ज्यान बचाए ।
चिकित्सकका अनुसार प्रसूति बेथा लागेको १० घण्टापछि गरिएको अपरेसनबाट दुवैको ज्यान बचाउन सकिएको यो जिल्लाकै नमुना घटना हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




