काठमाडौं, २८ साउन । रोजगारीको लागि विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्से्िन बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटेपनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न सकेको छैन ।

आर्थिक वर्ष २०७३÷७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८२१ पुगेको छ । यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्यामात्र हो ।

आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ। सबै भन्दा बढी मलेसियामा २ सय ८९ जना साउदीमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका छन् । आजको कारोवार दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार