काठमाडौं, २९ साउन । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । तर, उनी अति गरिबको सुचीमापरेका छन् ।
आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार, खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् ।
त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ । गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन्।त्यस्तै बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टदेखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज दुवैजना गरिबको सूचीमा छन् । पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लमा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ ।
२०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ । गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्ने अति गरिबको सूचीमा राख्ने नीति छ । तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन् । हचुवाको भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार सूचीमा पर्न नसहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




