डोटी, ५ भदौं । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।

गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौका वासीका लागि यो अपवाद हो । आजको कान्तिपुर दैनिकमा समचार छ ।

यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुस्खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ ।

यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन् । खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार