Prime Minister KP Sharma Oli visits remains of the historical Dharahara, which collapsed in an earthquake on April 25 last year, on the occasion of the anniversary of the tremor, on Sunday, April 24, 2016. Photo: RSS

काठमाडौं, ६ भदौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको छ ।
सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्वका पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो ।

भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि गत साउनमा बोलपत्र आह्वान र्गयो ।

प्राधिकरणले वार्षिक कम्तीमा तीन अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आहन गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्न गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । यद्यपि, प्रक्रिया भने अझै बढ्न सकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार