काठमाडौं, १० भदौं । ११ बजे निर्मला साईकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसमम पनि घर फर्किइनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् ।

उनले गेटबाटै रोशनीलाई बोलाईन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोईला गई होला, भन्ने जवाफ दिइन ।

निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् । निर्मलाकी आमा घर फर्किइन् । साँझ ८ बजेसम्म पनि छोरीको पत्तो नलागेपछि उनी वडा प्रहरी कार्यालयमा उजुरी दिन पुगिन् । तर, प्रहरीले खाना खाईसकेर सुत्ने बेला भएको भन्दै उजुरी लिन इन्कार गर्यो ।
फोटो लिएर भोलिपल्ट आउन भन्दै निर्मलाकी आमालाई फर्काइदियो । भोलिपल्टसम्म पनि पत्तो नलागेपछि निर्मलाकी आमाले छिमेकीसँग हारगुहार गरिन् ।
स्वःस्फुर्त जम्मा भएका स्थानीय रोशनीको घरमाा जम्मा भए । त्यहिबीचमा दोडिँदै आएका एक स्थानीयले निर्मलाको साईकल भेटियो भन्ने जानकारी दिनासाथ बबिताले तत्कालै भनिन्, साईल भेटियो भने लास पनि त्यतै होला नि । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार