महेन्द्रनगर, ११ भदौं । भीमदत्त नगरपालिका–१८ की प्रियंका खुना र पूजा खुना आइतबार बिहान भाइ सन्नीको शव हेरेर टोलाइरहेका थिए । शुक्रबार बेलुकी प्रहरीको गोलीबाट मारिएका सन्नीको शव तीन दिनदेखि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरमा जारी कफ्र्युका कारण घरघरपरिवारले शव हेर्न पाएका थिएनन् । आइतबार बिहानै पाँच घन्टाका लागि कफ्र्यु खुकुलो पारिएका बेला प्रियंका र पूजा दिदीबहिनी रक्षाबन्धनकै दिन भाइको शव मुसार्दै रोए ।
‘रक्षाबन्धनमा भाइलाई राखी बाँधिदिने योजनामा थिएँ,’ जेठी दिदी प्रियंकाले भनिन्, ‘तर, रक्षाबन्धनकै दिन भाइको शव देख्नुप¥यो ।’ भाइलाई रक्षाबन्धन बाँधेर मिठोमसिनो खुवाउने सपना अब कहिल्यै पूरा नहुने कान्छी दिदी पूजाले बताइन् ।
आउनै लागेको रक्षाबन्धनमा दिदी बहिनीका लागि भनेर काम गरेबापतको पारिश्रमिक लिन बजार गएको भाइले गोली खानुपरेको पूजाको भनाइ छ । उनले भनिन्, ‘यस्तो दिन कसैको पनि नआओस् ।’ गाउँभरि सबै दाजुभाइको हातमा राखीको डोरी देख्दा आफ्नो भाइले पनि रहर गरेर पारिश्रमिक माग्न गएको झलझली याद आइरहेको उनले बताइन् । पूजाले भनिन्, ‘मेरो भाइलाई सहिद मात्रै घोषणा गरेर हुन्न ।’ निर्दोष भाइलाई प्रहरीले गोली हानेर प्रहरीले मारेको उनले बताइन् ।
मजदुरी गरेको पैसा लिन ठेकेदारकहाँ गएर घर फर्कंदै गरेको भाइमाथि गोली हान्नु जायज नभएको दिदी प्रियंकाले बताइन् । उनले भनिन्, ‘निर्मला पन्तका परिवारले समयमै न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन ।’
चाडपर्वकै दिन दिदीभाइ रमाइलो गर्लान् भनेर आफूले ज्यालाबापतको पैसा माग्न छोरा सन्नीलाई ठेकेदारकहाँ पठाएको बुबा वीरबहादुरले बताए । उनले भने, ‘छोरालाई सदाका लागि बिदा गरियो, उसका दिदीहरूलाई माइतीमा आँसुको उपहार दिनुप¥यो, योभन्दा दुःखको क्षण मेरा लागि कहिल्यै आउने छैन ।’, आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




