नेपालगन्ज, १३ भदौं । प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् ।

प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ ।

उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष हो । अझ धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ गएर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ ।

साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै भएका छन् । बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् ।

रुपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व)मा १, बर्दियामा ४ वटा मुद्दा दर्ता भएको छ ।

गुल्मी र अर्घाखाँचीमा जबरजस्ती करणी उद्योगको एउटा पनि मुद्दा दर्ता भएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार