काठमाडौँ, १३ भदौं । साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद आजको नयाँ पत्रिकामा छापिएको छ ।
निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ?
–अहिले म केही बोल्दिनँ ।
सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ?
–यस विषयमा सिआइबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् ।
तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ?
–प्रमुखको हिसाबले मेरो जिम्मेवारी हुन्छ । तर, अहिले म केही बोल्दिनँ ।
त्यसो भए शंकाको घेरमा रहेको घरपरिवारलाई शंकाको सुविधा दिएर निर्दोष हेमन्ती भट्टलाई पक्राउ गरी किन यातना दिनुभयो ? त्यो अबोध किशोरीलाई टाउको तल खुट्टा माथि गरेर किन कुट्न तपाईंले नै निर्देशन दिनुभएको होइन ?
–यस विषयमा सिआइबीलाई र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस्, म अहिले केही बोल्दिनँ ।
जिल्लावासीको सुरक्षामा खटिएको प्रमुखले उल्टै नागरिकलाई यातना दिएको विषयमा यसरी पन्छिन मिल्छ ?
–म समय आएपछि बोल्छु ।
हेमन्तीले हामीलाई भनेकी छिन् कि, तपाईं आफैँ अघि सरेर उनलाई जिन्दगी बर्बाद गरिदिने धम्की दिनुभयो । निर्दोष किशोरीलाई धम्क्याउँदा तपाईंको मनमा दया जागेन ?
–म यस विषयमा केही बोल्दिनँ । यो अनुसन्धानको विषय हो ।
तपाईं र बम परिवारको पुरानै चिनजान भएकाले उनीहरूको पक्षपोषण गर्नुभएको छ, आवतजावत पनि थियो भन्ने चर्चामा आइरहेको छ । तपाईंको प्रतिक्रिया के छ ?
–जिल्ला एउटै पर्नु संयोग होला, तर मैले निर्मला पन्तको घटनापछि मात्रै बम परिवारबारे थाहा पाएको हुँ ।
निर्मला जहाँबाट हराइन्, त्यो बम परिवारको घर खानतलासी गर्ने, उनीहरूको बयान लिनुको साटो पक्षपोषण गर्नुभयो । त्यसैले सम्बन्धको खोजी भएको हो नि ।
–अँह कुनै सम्बन्ध छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




