काठमाडौं, १३ भदौं । भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएकाछ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फोर्स काठमाडौं आइपुगेको आजको कारोबार दैनिकमा समाचार छ ।
बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अधिकृतकै कमान्डमा फौज आएको विशेष स्रोतले जानकारी दियो ।

सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ भएको स्रोतको दाबी छ ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायत भारतीय प्रतिनिधीमण्डलको टोलि विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार