काठमाडौं, १५ भदौं । बानेश्वर मिलनचोक देवकोटा मार्गमार्गबाट १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी छन् ।

गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी थिइन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।

‘छोरी आफ्नै कोठमा बसिरहेकी थिइन् । हामी अर्को कोठामा बसिरहेका थियौँ’, निक्कीका बुबा निलकण्ठ पराजुलीले भने, ‘पछि हेर्दा उनी कोठमा थिइनन् ।’

आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको पराजुलीले बताए ।

हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।

उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ र ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार