पोखरा, १२ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि, काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् ।
प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ ।

‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको छ । तर पूरा गरेको छैन,’ प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले बताए । ‘नियम अनुसार स्थाइ कर्मचारीलाइ थाई गर्नुपर्यो,’ उनले भने । प्रतिष्ठानमा कार्यरत करार कर्मचारीलाई समयमा तलब व्यवस्था गर्नुपर्ने, उनीहरुलाई यथाशीघ्र स्थायी नियुक्ति पत्र दिनुपर्ने र स्थायी कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने लगायतका माग सहित आन्दोलनमा उत्रिएको उनले सुनाए ।

यता, प्रतिष्ठानले भने कर्मचारी युनियनको माग पूरा गर्दै आइरहेको दाबी गरेको छ । प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाका अनुसार सहमति भए अनुसार नै माग पूरा हुँदै आएको छ । उनले भने, ‘प्रतिष्ठानको कार्यक्षेत्रभन्दा बाहिर मुद्धामात्रै प्रतिष्ठानले सम्बोधन गर्न नसकेको हो ।’ प्रतिष्ठान(तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले २०६४ सालमा त्यहाँ कार्यरत १ सय २६ जना कर्मचारीलाई स्थायी नियुक्ति गरेको थियो । उनीहरु लामो समय सेवामा तल्लिन हुँदा पनि स्तर बृद्धि नभएको र ३ महिनादेखि तलब पनि वितरण नहुँदा दैनिक जीवनयापनमा समस्या भएको पीडित पक्षको गुनासो छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार