पोखरा, १२ असोज । पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या भएको छ ।

सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए ।

श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए ।

विस्कुट किन्न भनी ५ रुपैयाँ लिएर पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् । रातिसम्म नै स्थानीयले उनको खोजी गरे पनि भेटेनन् ।

मंगलबार विहान कोदीमा नै बरालहरुको कुल मन्दिरको पुर्वी भागको भिरालो जमिनमा उनी मृतावस्थामा फेला परेकी थिइन् ।

बलत्कार गरी हत्या गर्ने पौडेल श्रीयाको श्रीयाको छिमेकी हुन् । उनले स्थानीय भट्टीमा रक्सी पिए । त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुगे र पिउन थाले ।

त्यहाँबाट उनी चुरोट किन्न पसलतर्फ लागे । सोही समयमा श्रीया एक्लै तल झर्दै गरेको उनले देखे । पौडेलले बालिकालाई चकलेट खाउ भनि पाँच रुपैयाँ दिए ।

मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानीट्याँकी बीचमा पौडेलले श्रीयालाई बोलाएर १० रुपैयाँ दिई जर्बजस्ती गर्न खोजे ।

बालिकाले प्रतिकार गर्न खोजेपछि पानीट्याँकीमुनिको झाडीमा फालिदिए । आजको नागरिकदैनिकमा यो खबर छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार