तेह्रथुम, १३ असोज । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो ।

धोबीघाटमा ३० बर्षीया मन्थली क (नाम परिवर्तन)ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमानसँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो ।

त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् ।

सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे । मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन् ।

झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल क्ष (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् ।
समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो । एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् ।

भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई खाकमा राखेर माया साटिन् । तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन ।
छोरीले सौताने बाबुको दुब्र्यबहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् ।  होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् ।
कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन् । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन् ।

उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ ।

सरकारी वकिल रमेश भट्टराईले तत्काल प्रचलित मुलुकी ऐन जबरजस्ती करणी महलअनुसार पीडकलाई अदालतले १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाएको प्रस्ट पार्नुभयो । लिम्बुविरुद्ध न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले गत भदौ २१ गते उक्त फैसला सुनाएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार