मस्को १७ असोज । साविकको विजेता स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको दोस्रो खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग १–० ले स्तब्ध बनेको हो ।
मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिकले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।
रियलका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल मिन्ल नसके फाइदा उठाउदै मस्कोका निकोला भ्लासिकले डि–बक्सभित्रबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।
खेलमा १–० ले पछि परेपछि रियलले आक्रमक फुटबल खेल्दै गोलको लागि निरन्तर आक्रमण बुनेपनि गोल गर्न सफल हुन सकेन र मस्कोसँग १–० ले स्तब्ध बन्न पुग्यो ।
रियलमाथिको महत्वपूर्ण जितसँगै मस्को दुई खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोसँगको हारपछि रियल ३ अंकसहति तालिकामा दोस्रो स्थानमा झरेको छ ।
मंगबार राति नै भएको अर्काे खेलमा इटालियन क्लब रोमाले भिक्टोरिया प्जेजेनमाथि ५–० को फराकिलो जित दर्ता ग¥यो । रोमाको जितमा इडेन जेकोको ह्याट्रिक पुरा गरे । सेन्जिज अन्डर र जस्टिन क्लुइभर्टले समान १ गोल गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




