फाल्गुन ३, २०७३-
महानगरीय अपराध महाशाखाको साइबर पिलरमा उजुरी लिएर आएकी एउटी २१ वर्षीया युवतीको समस्या बढो अनौठोको थियो ।
अपरिचित युवकले फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्ताव राख्ने र तारन्तार अश्लिल म्यासेजहरु पठाउँदा उनी हैरानमात्रै होइन बैचन नै बनेकी थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो ।
सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएका बताए । त्यसपछि प्रहरीको अनुसन्धानको सुइ अश्लिल नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर सोझियो ।
प्रहरी अनुसन्धानपछि खुल्यो उक्त अश्लिल अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा अकाउन्टेन्टको काम गर्ने सुरज बस्नेतले चलाइरहेका रहेछन् । अनौठो त के भने, सेक्स धन्दाको जन्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखियो ।
जहाँ विभिन्न २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनकि गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने भन्दै सूचना छाडने गरेका थिए । बस्नेत आफैं पनि कैयन युवतीहरुसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने गरेको अनुसन्धानले देखाएको प्रहरीले बतायो ।
महाशाखाका साइबर पिलर सम्हालिरहेका डिएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास नौलो भएको बताए । उनले यस्तो प्रवृत्ति खतरनाक हुने बताउँदै अश्लिल सामाग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन गरिरहेको बताए ।
पक्राउ परेका बस्नेतले अमेरिकामा बस्दा यस्तो कार्य गैरकानूनी नभएकाले नै त्यस्तो अकाउन्ट चलाइरहेको बताए । तर प्रहरीले भने उनले यौन सञ्जाल बढाउँदै धेरै भन्दा धेरैलाई फेसबुकमा समेटन त्यस्तो गरेको हुनसक्ने बतायो ।
प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ भने बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्धा चलाइएको छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




