काठमाडौं, ७ मंसिर । दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ ।

उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शैयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु ।

हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन् । गत माघमा कैलाश ७ का १८ बर्षीया रन्जित तामाङसँग विवाह भएको थियो ।

गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याईयो । दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भएको छ । बिहीबार उनी प्रसुती गृहबाट डिस्चार्ज भईन् ।

२० बर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसबाले हानिकारक हुन्छ । सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीकि जटिलता आउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार