कैलाली, पुस ९ । नेपाल आइडल–२ विजेता रवि ओड सोमबार धनगढी आइपुगेका छन् ।  उनलाई विमान स्थलमा भव्य स्वागत गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका लागि धनगढी पुगेका रविलाई विमान स्थलमै भव्य स्वागत गरिएको हो ।

नेपाल आइडल–२ विजेता बनेपछि पहिलो पटक सुदूरपश्चिम सरकारको सम्मानमा सहभागि हुन रवि धनगढी पुगेका हुन् ।

विमान स्थलमा रविका शुभचिन्तक, सहयोगि, भोटर, प्रदेश सरकारका र्मचारी, पत्रकार, वुद्धिजिवि र अन्य सर्वसाधारणले फुलमाला र अबिरले स्वागत गरेका छन् ।

रविलाई केहिबेर पछि धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बधाई दिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार