काठमाडौं । राममायाः घुटुघुटु पिएर खा । उठ्छेस कि ?
गंगामायाः सके पो उठ्नु ?
१२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् ।
मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा घर छ, उनको । ‘काठमाडौंबाट १५ सय रुपैयाँ बस भाडा लाग्छ,’ नातिनी खेलाउँदै राममायाले भनिन्, ‘मैले १७ वर्षमा छोरा जन्माएँ । छोरीले १२ वर्षमै छोरी जन्माइन् ।’
पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन् । मुसार्छिन् । आफैं लजाउँछिन् । मुस्कुराउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएको कारण उनलाई उठ्नसमेत सकस छ ।
परोपकार प्रसूती गृहको ५ नं. मा बालिका गंगामायाले शिशु जन्माएपछि उनलाई सोध्दै हेर्न जानेहरु बढेपछि नर्सहरु पनि हैरान छन् ।
उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचारमा चासो देखाउदै थापाथली प्रसुती गृहसम्म ल्याउने काम भएको थियो ।
गंगामायालाई एमबुलेन्समा ल्याई परोपकार प्रसुती गृहमा भर्ना गरिएको थियो । भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए । आजको अन्नपुर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




