कस्तो अचम्मको छ , हाम्रो देशको संस्कार ! कोहि एक इंच पनि तल हुनै चाहदैनौँ ।
देश-विदेशमा रहनु भएका  हजुरहरू सम्पूर्णमा नमस्कार ! मैले आफ्नो मनमा लागेका केहि कुरा लेख्ने प्रयास गरेको छु । मलाई यो नसोच्नुस कि म कुनै पार्टीको मान्छे हो । म एक स्वतन्त्र युवा हो । हुन त यो पढ्दा पढ्दै कोही कोहीलाई रिस पनि उठ्ला तर म कसैप्रती आक्रोशीत भएर या कुनै पुर्वाग्रह राखेर लेखिरहेको छैन ।मलाई थाह छ, म मेरो देशको एक जिम्मेवार युवा हुँ । आज देशमा अस्थिरता छ , अराजकता छ यो कहिले सम्म र कहाँ सम्म ? म एक जिम्वेवार नागरिकको हैसियतले  एकदम ठण्डा भै सोच्दै छु । तपाईंहरु पनि सोच्नुस त ? देशमा व्यबस्था बदलियो तर  खै त अवस्था बद्लिएको ? किन  हामिलाई कसैको नजिकको बनिदिनु पर्ने ? किन हामिलाई मन्त्रीको दाहिने हात लिनु पर्ने ? किन हामीलाई पार्टीको झण्डा ओड्नै  पर्ने ?के हामी स्वतन्त्र भएर मुलुकका लागि केहि सोच्न सक्दैनौँ ?
सधैँ,एकले अर्कोंलाई दोष देखाइरहेछ , एकले अर्कोंलाई आरोप लगाईरहेछ । हामी  आफ्नो ग़ल्ती स्वीकार्र्नै चाहान्नौ । ज़्यान जाओस तर म मेरो पार्टीले जे जस्तो हर्कत गरोस म एक इंच पनि तल हुनै चाहान्न । हो आज देश पछी पर्नु , विकास नहुनुको मुख्य कारण पनि यही हो । हामी सत्यको पछी लाग्नै सक्दैनौ , यहाँ भाई-भाई बीच अझै पनि द्वन्द गराईँदैछ अनि विभेदकारी बनाईदैछ समाजिक सहिष्णुताका मूल्य मान्यताहरु ! कतै वर्गको  नाममा,कतै धर्मको नाममा त कतै जातजातिको नाममा ।

आज ,नेपाली-नेपाली बिचमै मेल छैन, भने हामी अरुसंग कसरी मिल्छौ होला र ? हामी सबै परिवर्तनको नारा लगाउछौँ , यो भएन , त्यो भएन भन्छौँ तर पार्टीको झण्डा ओडेर  अन्धभक्त बनि हिड्न  मञ्जुर  छ हामीलाई । हाम्रो देशमा नेपाली-नेपाली बिच नै रणभूमि किन नबनोस भूकम्प जस्ता प्राकृतिक प्रकोप आएर देश नै तहस-नहस किन नबनाओस तर हामीमा सदबुद्दी कहिले पनि आऊदैन , किनकी हामी मध्ये धेरैले विवेकशीलता भन्नेचिजलाई उहिलै स्वार्थसँग बिनिमय गरिसकेका छौं । नेपाललाई प्रकृती देखी छिमेकीसम्मले मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले ? किन पिड़ाको महसुस हुँदैन । हामी नेपालीलाई धेरै ठुला विप्पतीले सम्म झापड दिइसकेको छ । जे भए पनि सत्ता फेरियो , मान्छे फेरिए तर  मेरो देशको आजसम्म मुहार फेरिएन । किन हामी चुप छौ । सामाजिक सन्जालमा हामी दोहोरी पनि खेल्छौ तर हामिलाई पार्टीको झण्डा नओडि जिवन चल्दैन । कहिले सम्म बोक्ने पार्टिको झण्डा ? हामीहरू अझै पनि धाँधली ,लूट-फ़टाहा ,अत्याचार , असत्य , कुविचार , अविकास यस्तै यस्तै थूप्रै कुरामा रमाऊँन चाहान्छौ ?! कि यस्तै चिजहरुको आदत परिसक्यो ?
अनी अर्को भन्नै मन लागेको कुरा हामी विदेशमा ४०/५० लाख नेपाली छरिएर बसेका छौ तर सबैलाई आफनै पार्टीको समर्थन गर्नु छ देशको होइन  ।बरु  नेपालको अस्तित्व नै हराओस तर हामी सबैले आ-आफ्नो पार्टीको डंफु बजाउन  छोड़दैनौ । ए बाबा ! केवल सत्यको पछाड़ी त लाग्नुस  पार्टी छोड़नु पर्दैन । मात्र,गलतलाई गलत र सहिलाई सहि भन्ने हिम्मत जुटाउनुस् । आऊनुहोस,हामी विदेश बस्नेले हरेक पार्टीसंग बार्गेनिंग गरौँ न बरु नेपालमा के-कसरी नयाँ प्रविधिको विकास गर्न सकिन्छ , के -कसरी देशको विकास गर्न सकिन्छ ? किन  विदेशमा आएर यति धेरै कुरा सिकेका हामीहरू  केहि नजान्ने, केहि नबुझ्ने र केहि गर्नै नसक्ने बनेर सँधै कोहि कसैको भजन गाएर रमिता गरिरहेका छौँ ? खै कहिले आउला हामीमा सदबुद्दी  ?

आउनुहोस,एक संकल्प गरौँ , र एक साथ भनौँ कि म कुनै पार्टीको समर्थक पनि होईंन र म कसैको विरोधी पनि होइन जसले राम्रो गर्छ उसलाई समर्थन र सहयोग गर्दछु । यत्ति गर्न सक्यौँ भने कम्तिमा तपाई हाम्रा सन्ततिले हामी बाँचेको पुस्तालाई धिकार्ने छैनन् । अनी पत्रकारीता पनि निष्पक्ष गर्नुस क्या साथीहरू ! तपाईहरूलाई पार्टीले खटाको हो भने पार्टीक़ै कार्यालय कुर्दा हुन्न र भन्या ? किन पत्रकारिताको खोल ओडेर जनतामाँझ आऊनु हुन्छ ? हो, जनतालाई सही सूचना दिने पत्रकारको आफ्नो सिद्धान्त होला,आस्था होला किनकी पहिले उ एक आम मानिस  हो त्यसपछि मात्र पत्रकार । तर कम्तिमा आफ्नो व्यवसायीकता र व्यक्तिगत कुराहरु फ़रक हो भन्ने ख़्याल गरिदिनुस न ।  सूचना दिने अंग संचार माध्यम या भनौ पत्रकार देशको चौथो अंग तर  पार्टीको खोल ओडने हर्कतले गर्दा देशको अन्तिम अंगमा पनि सीमित नहुने हो कि भन्ने समस्या आइसक़्यो । सबैले आफ्नो पेशाको स्थान र ओहोदामा रही काम गर्न सक्नुपर्छ ।म कसैको समर्थक पनि होईन र न त कसैको विरोधी पनि । न त म एमालेको समर्थक , न त माओवादीको , न त कांग्रेसको । म एक स्वतन्र नेपाली !
( लेखक पत्रकार हुन )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार