मलाई जापानका विभिन्न कुराहरु साँच्चै अचम्म लाग्छन् । फुर्सदको समय तथा फुर्सद निकालेरै भएपनि ईन्टरनेट तथा सम्बन्घित स्थानहरुमा गएर ति आफुलाई अचम्म लागेका चिजहरुको जिज्ञासा मेटाउने गर्दछु । यस्तै क्रममा, मलाई गत वर्षदेखि लागेको एउटा जिज्ञासाको बारेमा केहि अध्यान गर्ने अवसर पाएँ र त्यसको केहि सार यहाँहरुको माझमा प्रस्तुत गर्दैछु ।
जापानमा गत वर्षको सेप्टेम्बर महिनामा, अभिनेत्री किरिन किकिको अन्त्यस्टी समारोहमा सजाईएको सेतो रंगको पुष्प आर्टले निकै चर्चा पायो खास गरी जापानी समुदायमा, कारण एक त किरिन किकीको निधन नै चासो लिनेहरुका लागि ठुलो चर्चाको विषय थियो भने उनको अन्तेस्टीमा सजाईको फूल पनि मानिसहरुको आँखामा पर्यो । कारण त्यो निकै आकर्षक र ठूलो थियो । जुन तलको चित्रमा हेर्न सक्नुहुनेछ ।
७५ वर्षको उमेरमा क्यान्सरको कारण निधन भएकि किरिन किकिको दाहसंस्कारमा, १२ सय थुंगा, Chrysanthemums( गोदावरी ) Orchid ( सुनाखरी) तथा gypsophila ( एक प्रकारको सेतो फूल) लगायतका फूलहरुले सजाईको थियो । जो समुद्री छालको आकारमा तयार पारिएको थियो ।
फूल एकमात्र त्यस्तो चिज हो, जुनसुकै मुलुकका मानिसहरु पनि, जन्म देखि मृत्युसम्मका हरेक कृयाकलापहरुमा प्रयोग गर्दछन् । त्यसमा पनि जापानी संस्कारमा यसको महत्य अझ धेरै रहेको पाईन्छ । त्यसैले मृत्यु संस्कारमा यस किसिमको फूलको सजावट गर्नु जापानी संस्कारभित्रको एउटा पाटो हो । फूलको यो सजावटलाई, ईकिकासाईदान( 生化祭檀) को नामले चिनिन्छ । यसलाई शाव्दिक रुपमा, ताजा फूलहरुले सजाईएको टेबल ( ट्रे) भनेर बुझ्दा हुन्छ । यो सामान्यत छाल ( Wave) को आकारमा हुन्छ । किनकि जापानी समुदायमा छाललाई शक्तिको प्रितिकका रुपमा मान्ने गरिन्छ । खासमा मृत्युसंस्कारमा सेतारंगका फूलहरुको प्रयोग गरिने संस्कार छ । यद्यपी आजकाल अन्य विभिन्न रंगका फूलहरुको पनि प्रयोग गर्ने गरेको पाईन्छ ।
जापानमा यो, अहिले आएर केबल संस्कार मात्रै नभएर करोडौँको कारोबार पनि हो । यस्ता फ्लावर एरेन्ज गर्ने थुप्रै कम्पनिहरु छन् जहाँ हज्जारौँ मानिसहरुले रोजगारी पाएका छन् ।
सन २००६ मा, खुलेको व्युटी खादन ( Beaty Kadan) ले पहिलो पटक व्यवसायीक सेवा दिन थालेको बताईन्छ । जुन कम्पनी अहले टोकियो स्टकमा पनि सुचिकृत छ । तर त्यो भन्दा अगाडि पनि अन्य फूल कम्पनीहरुले यस्ता सेवा दिने गरेका थिए । हाल यस्ता थुप्रै कम्पनीहरुले यो सुविधा दिने गर्दछन् ।
हेर्नुहोस् यि तस्बिरमा आकर्षक ईकिखासाईदान( 生化祭檀) हरु

(यो सामग्री ईन्टरनेटमा राखिएका विविध ब्लग तथा जापानी हरुसंगको प्रत्यक्ष कुराकानीका आधारमा तयार पारिएको हो – सम्पादक)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




