काठमाडौं, ११ फागुन । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगो आतंकमा परी एक जनाको मृत्यु भएको छ । राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक र्पुयाएपछि गोली हानेर मारेको छ । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ ।

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले बेला(बेलामा दुःख दिने गरेका छन् । २०७१ मंसिर महिनामा बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७३ असार महिनामा पनि वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार