ललितपुर, ११ फागुन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।
विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन् ।
विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए । अर्की गम्भीर घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई हाड जोर्नी विशेषज्ञले सर्जरी गरेको अस्पतालले जनाएको छ ।
यता अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्काको उपचारमा मुटुरोग विशेषज्ञको टोली खटिएको छ । मानन्धर र खड्का स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।
गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन् । नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुई छोरी र एक छोराका बुवा उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेको सिंहका भाउजु धनकुमारी गुरुङले सुनाईन् । धनकुमारीले रुँदै भनिन, ‘कान्छो देवरलाई यस्तो भएको थाहा पाउने बित्तिकै आएका । राति तीन बजे हिडेको ।’
धनकुमारीका अनुसार सिंहप्रसादकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन् । एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन् । चार दाजुभाइ मध्ये कान्छो सिंहका दुई जना दाई अस्पताल आइपुगेका छन् । एकजना दाई बेलायतमा रहेका छन् । उनका ६ वटा दिदी बहिनी छन् ।
उनको शव पोस्टमार्टमका लागि पाटन लाने तयारी भइरहेको छ । घटनापछि बेहोस भएकी उनकी श्रीमती अस्पतालमा आइपुगेकी छैनन् । सरकारले क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतकको आफन्तको अडान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




