काठमाडौं, १४ फागुन । करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन् ।
पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठेरो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन् ।
लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् । र, उनीहरु प्रत्यक्ष चिनजान भयो । नुवाकोट, सुनाखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्चक भयो ।
विनिताले रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने समेत प्रलोभन देखाइन् ।
यता त्यस्तो प्रस्ताव गर्ने विनिता त्यतिबेलासम्म सम्पर्क्विहिन भइसकेकी थिइन । तर, फोन र अन्य माध्यमबाट कुराकानीको क्रम भने जारी राखिन् ।
विनिताले भने अनुसारको पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरुले त्यो रकम विनिताले भनेको व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातामा जम्मा गरिदिए ।
आङदोमाले भनिन्, रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौँमै फेला परेपछि मात्र ठगीमा परेको खुल्यो ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




