काठमाडौं, ३ चैत । समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् ।
यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान् कति यो देशमा । तीमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ ललितपुरका प्रा.डा. केशवलाल महर्जन ।
२०३२ सालमा नेपाल सरकारकै छात्रवृत्ति कोटामा जापान पुग्नुभएका उहाँ भन्नुहुन्छ– ‘२०४६ सालमा सरकारी जागिर खान नेपाल आएको थिएँ । अधिकांशले जापान पढेपछि नेपालमा जागिर खान मुस्किल पर्छ उतै फर्क भने । जापानै फर्केर विश्वभरका विद्यार्थीलाई पढाइरहेको छु । प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाइन्छ यहाँ ।’
हुन पनि सन् १९९० देखि नै जापानको रहेको पाँचौं ठूलो सरकारी विश्वविद्यालय हिरोसिमामा कृषि र ग्रामीण विकास, दक्षिण एसियाली अध्ययन, ग्रामीण अर्थशास्त्र, अन्तर्राष्ट्रिय विकास र साझेदारी अध्ययन, सांस्कृतिक विविधता, जलवायु परिवर्तन, ग्रामीण भेगको जीविकोपार्जन रणनीतिलगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीलाई पढाउँदै आउनुभएका प्राडा महर्जनले अहिले प्राध्यापनलगायत अन्य ठूलै जिम्मेवारी पाउनुभएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




