विराटनगर, ८ चैत । घरेलु मैदानमा पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा फेरि पनि भारत बाधक बनेको छ । शुक्रबार भएको फाइनलमा भारतसँग ३–१ ले पराजित भएपछि घरेलु मैदानमा पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि यात्रामा भारत फेरि पनि बाधक बनेको हो ।

यसअघिका तीन फाइनल भेटमा पनि नेपाल भारतसँगै फाइनलमा पराजित भएको थियो । अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो । यता, भारत भने लगातार पाँचै संस्करणको च्याम्पियन बन्न सफल भयो ।
भारतलाई लगातार पाँचौपटक च्याम्पियन बनाउन डालिमा छिव्वर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारी (साम्वा)ले एक गोल फर्काइन् । लगातार दवावमा झेलेको भारतले खेलको २६औं मिनेटमा डालिमा छिब्बरको फ्रिकिक गोलबाट खेलमा सुरुवाती अग्रता बनायो ।

डिफेन्डर हीरा कुमारी भुजेलले विपक्षी खेलाडीलाई फल गरेपछि प्राप्त फ्रिकिकमा डालिमा चिब्बरले ३५ यार्डमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गर्दा नेपाली गोलरक्षक एन्जिला तुम्बापोले ठम्याएपनि बचाउन सकिनन् । तर, ३३औं मिनेटमा डिफेन्डर गीता रानाको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काएपछि नेपाल खेलमा फर्कने संकेत दिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सावित्राले अर्काे सुन्दर मौका खेर फाल्दा नेपालले अग्रता बनाउने मौका खेर फाल्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

६३औं मिनेटमा गोल खान पुग्यो । सन्धिया रंगनाथनको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । ७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । ८२औं मिनेटमा सावित्राले अर्काे मौका खेर फाल्दा नेपालले गोल अन्तर कम गर्ने मौका गुमायो । खेलको अन्त्यतिर नेपालले केही आक्रमण बुनेपनि थप गोल गर्न नसक्दा नेपाल भारतसँग ३–१ ले पराजित हुदै उपाधि विमुख बन्यो ।
नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमति खातिरेसन समान ४ गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए । यस्तै फाइनल खेलको मोस्ट भ्याुलएवल खेलाडी भारतकी डालिमा छिब्बर घोषित भइन् ।
गत फागुन २८ गतेबाट विराटनगरमा सुरु भएको प्रतियोगितामा दक्षिण एसियाका विभिन्न ६ राष्ट्रले सहभागिता जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




