काठमाडौं, ९ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् ।

ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए ।

ग्लोबल बैंकको शाखासहित आईएमई पे र ई सेवामार्फत श्ुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार