A woman covers her face to avoid polluted air in Balkhu, Kathmandu on Thursday, September 22, 2016. Nepal ranks 177 among 180 countries in terms of air quality with pollution index of 81.76. Photo: Skanda Gautam

काठमाडौं, १३ चैत । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।

यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो ।

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरे ।

“हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो,” अभियानको सुरूवात गर्दै उनले थपे, “उजुरी, विरोध, शंका उपशंकाका कारणले बु्रमर आउनै दुईवर्ष लाग्यो ।”

बु्रमर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उनले आग्रह गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार