विराटनगर, २७ चैत । सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ ।

महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् ।

आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए ।
सम्बन्धविच्छेदन गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् ।

आइतबार जिल्ला अदातलमा मोरङले २ नम्बर इजलासमा न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्धविच्छेदको मिसिल हेरिरहनुभएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार