काठमाडौं – गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।
अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् ।
‘हामी जवरजस्ती गर्न सक्दैनौँ, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित न्यूरोडको पाकोस्थित के एण्ड के मोवाइल हवका सञ्चालक कैलाश कँडेलले भने–‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि अहिले हुवावेको डिमान्ड छैन ।’
सो कम्पनीका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ पछिल्ला मोडल हुन् । यी तीन मोडेलमध्ये सबैभन्दा बढी रुचाइएको पी ३० प्रो हो । डेढ साता अघिसम्म राम्रो माग रहेको हुवावेको ‘पी ३० प्रो’ मोडेल हिजो–आज ग्राहकले सोध्ने गरेपनि बिक्री हुन छोडेको उनले बताए ।
सामान्य मोवाइलसेटको तुलनामा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले सो मोडेल निकै रुचाइएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




