एजेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो ।
पोर्टाेमा भएको खेलमा पोर्चुगललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । गोन्कालोको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल भएको थियो । ११औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डर ब्लिन्डले विफल पारिदिएका थिए । २८औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार भर्जिल भान डाइकले क्लियर गरिदिदा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । ३१औं मिनेटमा रोनाल्डो पुनः गोल गर्नबाट चुके ।
दोस्रो हाफमा भने नेदरल्यान्डले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न असफल बन्यो । ५७औं मिनेटमा नेदरल्यान्डका मेम्फिस डिपेले गोल गर्न सकेनन् । त्यसको ३ मिनेटपछि पोर्चुगलका गोन्कालो गुइडेजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । ६६औं मिनेटमा डोनी भान डि भिक गोल गर्न चुक्दा बराबरीको मौका गुम्यो । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल १–० ले नै विजयी हुन सफल भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




