एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो ।
ब्राजिलको शानदार र फराकिलो जितमा गाब्रियल जेससले २ गोल गरे । थियागो सिल्भा, फिलिपे कौटिन्हो, डेभिड नेरेस, रोबर्टाे फिर्मिनो र रिचालीसनले गोल गरे ।
शुरुवातदेखि नै आक्रमक खेल खेलेको ब्राजिलले खेलको छैटौ मिनेटमा जेससको गोलबाट अग्रता बनाएको थियो । १३औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनायो ।
२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा समेटियो । रोमेल कुइओटो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । जसको फाइदा ब्राजिले उठायो । ३७औ मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।
४७औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल खेलमा ४–० को अग्रता लियो । ५६औं मिनेटमा डेभिड नेरेसले गोल गरे । ६५औं मिनेटमा रोवर्टाे फिर्मिनोले गोल गरेपछि ब्राजिल खेलमा ६–० ले अघि बढ्यो । ७०औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ७–० को फराकिलो जित दिलाए ।
ब्राजिल घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा छ । ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, भेनेजुएला र पेरु रहेको छ । ब्राजिलले १५ जुनमा बोलिभियासँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्दैछ । होन्डुरस कोन्काफ गोल्डकपको तयारीमा छ ।
यस्तै अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले १० खेलाडीमा समेटिएको घरेलु टोली पेरुलाई ३–० ले पराजित गरेको छ । कोलम्वियाको सहज जितमा मेटअस युरिवीले दुई तथा डुभान जापाटाले एक गोल थपे ।
अर्काे मैत्रीपुर्ण खेलमा मेक्सिकोले इक्वेडरलाई ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । मेक्सिकोका लुइस रोड्रिग्वेज, लुइस मोन्टेस र जोनाथान डोस सान्तोषले गोल गरे । इक्वेडरका इडवार प्रिसियाडो र एन्जेल मिनाले गोल फर्काए । यस्तै पाराग्वेले ग्वाटेमालालाई २–१ ले हरायो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




