काठमाडौं । सरकार असार १ गते आइतबारदेखि काठमाडौंमा रात्री बस सेवा पुनः सुरु गर्ने निर्णयबाट पछि हटेको छ ।

सरकारले रात्री बसको भाडादर तोक्नुका साथै कुन कम्पनीले कुन रुटमा जाने समेत किटान गरेपनि यातायात व्यवस्था विभागले एकाएक रात्री बस चलाउने निर्णय स्थगित गरेको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।

जबकी विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो । बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो ।

तर साँझ विभागले भाडावृद्धिसहित रात्री बसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ ।
यसअघि रात्री बस सेवा पनि सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो ।
राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो ।
६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार