काठमाडौं, ५ साउन । भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट परिवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए ।

आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य भए ।

ट्याक्टर लगाएर जोत्ने र हिलो बनाउन सकिने आफू फुर्सदिलो भएकाले छिमेकमा पर्म लगाउँदै आफैँ रोप्ने उनको धोको थियो ।
ट्याक्टरले एकै पटकमा खेत तयार गरिदिने, पानी सुक्ने र रोपाइँ गर्न समस्या पर्ने देखिएपछि उनले आफूले गर्ने काम अर्कैको भर पर्नु परेको बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार