काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट आजदेखि खुला भएको छ ।

दसैंमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको चाप भएकाले आजैदेखि टिकट खुला गरिएको यातायात व्यवसायीले बताएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशन गोगनबहादुर हमालले आजदेखि अग्रिम टिकट खुला भएको जानकारी दिए । उनले काउन्टरमै टिकट लिन आग्रह गर्दै यसपल्ट काठमाडौं उपत्यकाबाट २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान गरेको बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार