काठमाडौं । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।
नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला मृगौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो ।
साह चढेको ना७ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो । सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।
एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घण्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको बताउँछन् ।
उपत्यकाबाट बाहिरिने नाकामा बाहिरिन सामान्य समस्याजस्तै देखिए पनि भित्रिने सवारी साधन भने घण्टौं जाममा पर्दै आएका छन् । नागढुंगा–नौबिसे सडकखण्डमा ठूलाठूला मालवाहक सवारी भित्रिने र बाहिरिने हुँदा पनि जाम बढेको हो । काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी हुने हुँदा सडक पनि छिटोछिटो भत्किने र खाल्टाखुल्टी पर्ने गरेको छ ।
नौबिसेबाट काठमाडौं आउन १० घण्टा
नौबिसेदेखि नागढुंगातर्फ ६ किलोमिटर सडक क्षेत्र रहे पनि हाल १० घण्टासम्म जाममा फस्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् । त्यस क्षेत्रमा अहिले चाडपर्वलाई लक्षित गरेर पिच गर्ने काम भइरहेको छ । त्यसले पनि जाम थपिन पुगेको हो ।
गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ । मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण सो सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई थप सास्ती भएको छ ।
दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनको चाप यसै पनि बढ्छ । काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । हरेक वर्ष चाडपर्व लक्षित गर्दै हतारमा टालटुल गरिँदै आएको छ । मापदण्डविपरीत भार बोकेका साधनहरूले सडकमा साना सवारी गुडाउन असहज हुनेगरी भत्किने गरेको छ ।
अत्यधिक वर्षाका कारण असार महिनामा काम गर्न नसकिएको र वर्षा नभए बिहीबारसम्म मर्मत सकिने निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले दाबी गरे । खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको बताइएको छ ।
दसैं–तिहारमा दैनिक १८ हजारसम्म सवारी र मालवाहक गाडी राजधानी भित्रिने र बाहिरिने गरेका छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका ठूला मालवाहक गाडी हुन्छन् । सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै १२ देखि १८ असोजसम्म काठमाडौं भित्रिने ठूला मालवाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णयसमेत गरेको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




