काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ ।
२ दिने राजकीय भ्रमणको लागि सी एयर चाइनाको विशेष विमानबाट केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

आजै राष्ट्रपति सी ले कांग्रेस सभापति शेर बहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डाीसँग भेट गर्ने कार्यक्रम रहेको छ । आजै उनी रात्रि भोजमा सामेल हुनेछन् ।

सी ले भोलि प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग भेट्ने तालिका छ । उनी त्यसपछि स्वदेश प्रस्थान गर्नेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार