काठमाडौं । सडक डिभिजन कार्यालय चितवनले नौबिसेबाट नागढुंगासम्मको मर्मत थालेको छ । तिहारअघि नै सक्ने गरी मंगलबारबाट काम थालिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले जनाएको छ ।
दशैंअघि नै सवारी रोकेर कालोपत्रे गर्न खोज्दा जामले समस्या भएपछि काम रोकिएको थियो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंबाट अनुसार मंगलबारबाट त्रिभुवन राजपथको थानकोटबाट पिपलमोडसम्मको सडक मर्मत सुरु भएको हो ।
अहिले कलंकी–नागढुंगा सडकमा पनि कालोपत्रे भइरहेको छ । विहान ९ बजेबाट एकतर्फी सवारी सञ्चालन गर्ने गरी कालोपत्रको काम भइरहेको हो ।
नौबिसेबाट नागढुंगाको पिपलमोडसम्मको खण्डको कालोपत्रेको काम दिउँसो एक बजेबाट सुरु हुन्छ । त्यो समयमा पनि सवारी एकतर्फ बन्द गरिन्छ । यसका कारण यात्रुलाई लामो समय जाममा बस्नु परिरहेको छ ।
तर, बाटो बनाउनै पर्ने भएको र त्यसको विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्वक ग्रहण गरिदिन सडक विभागले अनुरोध गरेको छ ।
ठेकेदार कम्पनीहरुले यो पटक धेरै कामदार परिचालन गरेर काम अघि बढाएको बताएका छन् । यो सडक ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मूल मार्ग हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




