दोलखा । दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्।
वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरू गाउँ छोडेर सदरमुकामको होटलमा शरणार्थीका रूपमा बस्न बाध्य भएका हुन्।
५८ वर्षीय पीडित रत्नबहादुर श्रेष्ठले आफू र आफ्नो ५७ वर्षीया श्रीमतीलाई विगत ७र८ वर्षदेखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको तर आफूहरू निरीह भएकाले सहँदै आएको बताए ।
मंसिर १ गते भने टोल सुधार समितिको बैठकमा सहभागी १ सय १३ जनाले हस्ताक्षर गरी आफूहरूलाई सामाजिक बहिष्कार गरेपछि गाउँ छाड्न बाध्य हुनुपरेको रत्नबहादुरले गुनासो गर्नुभयो। सो बैठकमा आफू, आफ्नी श्रीमती र १४ वर्षीय छोरालाई समेत जबरजस्ती हस्ताक्षर गर्न लगाएको श्रेष्ठको गुनासो छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




