काठमाडौं । लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज भएका थिए ।

त्यसपछि लरेन्सले रुखको बोक्रा ताछे र त्यसमा दुईवटा प्वाल पारिदिए । यसो गरेर उनले रुख चाँडै नै सुक्ने र त्यो हटाउन सजिलो हुने अनुमान गरेका थिए । यसबारे उजुरी पाएपछि काउन्सिलले लरेन्सले रुखलाई अत्यधिक क्षती पर्याएको स्विकार गर्यो ।
अधिकारीले लरेन्सको गल्तीका कारण उनलाई डिसेम्बर १२ मा स्थानीय अदालतमा पेश गरे । जहाँ उनले रुखलाई जानीजानी क्षती पुर्याएको कुरा स्विकारे । त्यसपछि अदालतले पहिलो आदेशमा लरेन्समाथि करिब ९० हजार पाउन्ड जरिवाना तोक्यो । यद्यपि, पछि लरेन्सद्वारा याचिका दायर गरेपछि जरिवानाको रकमलाई ६० हजार पाउन्ड गरिदियो ।
सस्टेनेबल कम्युनिटीज क्याबिनेटका सदस्य एवं काउन्सिलर माइक मेक्रोरीका अनुसार जरिवाना रकम रुखको उमेर र त्यसको मूल्यलाई ध्यानमा राखेर तोकिएको थियो । उनले भने, ‘रुख निकै पुरानो हो । स्थानीय बालबालिका सधैं यो रुख मुनि खेल्छन् । यसले कार्बनलाई सोस्छ र त्यहाँको पर्यावरणका लागि यसको उपयोगिता अझै पनि धैरै छ ।’
काउन्सिलका अधिकारीले भने, ‘लरेन्सको सेकेन्ड ग्रेडको सम्पत्तिभन्दा उक्त रुखको उपयोगिता धेरै छ । सन् १९०८ मा घर बनेको करिब २० वर्षपछि उक्त रुखको बिरुवा रोपिएको थियो ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




