
अमेरिका । यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा“मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणकोउदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ ।
समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशनअमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी,बरीष्ठलोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्तिबालेर गरेका थिए ।
बिश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीहरुलाई जोड्ने बृहतअभियानसंगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफु र आफ्नो सस्थाले योअभियान थालेको काय्रक्रम प्रमुख डिल्ली अधिकारीले सो अवसरमाजानकारी गराए। समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डनवाल्टर्स , कार्य्रक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतलेमन्तब्य राखेका थिए । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेकाकलाकारहरु, नेपालबाट आएका कलाकार ,स्थानीय कलाकार र मेरो डान्सकप तथा मेरो भ्वाईस कप युएसएका बिगत का सिजनका बिजेताकलाकारहरुले कार्यक्रममा आ आफ्नो प्रस्तुती देखाएका थिए ।
वरिष्ठ गायक प्रकाश श्रेष्ठ,वरिष्ठ लोक गायकद्वय प्रेम राजा महत तथानविन कुमार खड्का, नायक दिलिप रायमाझी , सुशिल छेत्री , मुकेश ढकाल, गायिका सपनाश्री अन्जु पन्त,नायिका सारंगा श्रेष्ठ, पूजा चन्द , मेलिनामानन्धर,अरुणिमा लम्साल, केकी अधिकारी , गायक शिव परियार,जगदीशसमाल, बाबु बोगटी,महेश थुलुङ्ग ,किशोर सिवाकोटी , किरण गजमेर राजुलामा ( द एन्जल्स),हास्यकलाकार सन्दिप छेत्री लगायतले आफ्नो जोडदार प्रस्तुति दिएको सो कार्य्रक्रममा करीब पन्ध्र सयको सन्ख्यामा दर्शककोउपस्थिती रहेको थियो । ८ घण्टा सम्म चलेको सो कार्य्रक्रम संगै “मेरो डान्सकप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणमा सहभागीताकालागि फर्म पनि खुल्ला गरिएकोछ । इच्छुक ब्यक्तीहरुले सहभागीताकालागि ” मेरो डान्स कपको फेसबुक पेजबाट आबेदन दिन सक्नेछन ।
अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीभाषीहरुले यि प्रतियोगीताहरुमाभाग लिना पाउने छन । बिजेतालाई टोयोटा कार, सुनको कपसंगै थुप्रै आकर्षक पुरस्कारहरु प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलिपरायमाझीले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




